विद्युतीय माइक्रोबस दुर्घटनामा दुईको मृत्यु, १४ घाइते

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कान्तिलोकपथको धरमपानीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा १४ जना घाइते भएको बताइन्छ ।
प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र०१–००६ ख ७०७२ नम्बरको माइक्रोमा सबार १३ वर्षीया मानुषी मगर र ५० वर्षीया निलमदेवी राउतको मृत्यु भएको छ ।
चालकसहित घाइते सबैको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ ।
टिप्पणीहरू