शीतगंगामा बिप्लवको अकबरे

शीतगंगामा बिप्लवको अकबरे

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव कहिले कपिलवस्तुमा धान रोपिरहेका हुन्छन् त कहिले जुम्लामा स्याउका बिरुवा रोप्दै गरेका देखिन्छन् ।

केही समयअगाडि कालिकोट पुगेर भेडा फर्म उद्घाटन गरेका विप्लव ३ हप्ता पूर्वी नेपालको राजनीतिक एवम् सांगठनिक भेटघाट र काठमाडौंमा समाजवादी मोर्चालगायत पार्टीका विभिन्न कार्यक्रममा सहभागी भई कपिलवस्तु फर्किए । कपिलवस्तु फर्की विप्लव सचिवालय टोली लिएर शिवगढी केन्द्रीय कार्यलयबाट झण्डै  २० किलोमिटर दक्षिण उत्तरमा पार्टीले सञ्चालन गरेको जनकम्युनसीमा पुगी आफूसहित १५ जनाको सचिवालय टोलीलेे अर्घाखाँचीको शीतगंगामा अकबरे खुर्सानी लगाइरहेका छन् ।

शीतगंगा नगरपालिका ११ मान्द्रेस्थित कृषि जनकम्युनमा महासचिव विप्लव लगायत विप्लवका निजी सचिव अडिग बोगटी लगायतको टोलीले  अकबरे खुर्सानी रोपिरहेको छ ।

देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड् दिने पार्टीको नीतिअनुरुप नेकपाले देशभर उत्पादन अभियानलाई व्यापक बनाएको पार्टी सम्बद्ध पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।

टिप्पणीहरू