गभर्नर खान रातारात राजीनामा
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । बैंकको तेस्रो वरीयताका उनले गभर्नर बन्ने पक्का भएपछि निर्देशक पद छोडेका हुन् ।
भट्टले हिजो साँझ राजीनामा पत्र बुझाएको तर अहिलेसम्म स्वीकृत भैनसकेको सूचना अधिकारी सुमन न्यौपानेले बताए । ‘भरे-भोलिसम्म त्यो पनि स्वीकृत होला’, उनले जनआस्थासँग भने ।
गभर्नरको लागि कायमुकायम गभर्नर निलम ढुंगाना, राजेन्द्रकिशोर क्षेत्री, ज्ञानेन्द्र प्रसाद ढुंगानालगायतको नाम चर्चामा आए पनि सुदूरपश्चिम घर भएका भट्टले बाजी मार्न लागेकाे बताइन्छ । प्रधानमन्त्ती केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार बालुवाटारमा भएको भेटमा उनलाई गभर्नर बनाउने सहमति जुटेको बताइएको छ ।
यसैबीच गभर्नर नियुक्तिको संघारमा बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आउजाउ गर्नेहरुको भीड बढेको छ । सूचना अधिकारी न्यौपानेका अनुसार पछिल्लो डेढ हप्तायता कार्यालयमा हाइ प्रोफाइल व्यक्तिहरुको चहलपहल बढेको हो ।
‘बरु अधिकारी (महाप्रसाद)सर हुँदा पनि यति धेरै मानिस आउँदैनथे, निलम म्याम डेपुटी बनेपछि धेरै देखिएका छन्’, उनले भने ।
यता, आफैँ गभर्नर खाने दौडमा रहेकी ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्ने सम्भवनाबारे पनि बजारमा चर्चा चलिरहेको छ ।
टिप्पणीहरू