बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवलमा युवतीमाथि गोली प्रहार भएको छ । वडा नम्बर ११ को बुद्धनगर बस्दै आएकी  पाल्पाको रैनादेवी छहराकी टिका विष्ट क्षेत्रीमाथि आज बिहान गोली हानिएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार गोली लागेकी विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

टिप्पणीहरू