घरबारविहीनलाई सिटिजन्सको खाना सहयोग

घरबारविहीनलाई सिटिजन्सको खाना सहयोग

सिटिजन्स बैंकले सडक आश्रित घरबारविहीनहरुलाई खाना खुवाएको छ । १८ औं वार्षिकत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रित एक हजार नौ सय जनालाई बैंकले खाना खुवाएको हो । 

गत चैत २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन उनीहरुका लागि भोजनको व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । भोटुः इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंको जोरपाटी, चावहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुलती, सिनामंगल, गौशालालगायत स्थानका नदी, किनार, सडक छेउ र पुलमुनि बस्ने घरबारविहीन मानिसहरुलाई खाना खुवाएको जनाइएको छ । 

चैत २ गतेदेखि वैशाख ५ गतेसम्म सात वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर चलाएको पनि बैंकले बताएको छ । बैंकका अनुसार कोशीको हल्दिबारी र महेन्द्रचोक, मधेशको विद्यापति चोक, बागमतीको बुढानीलकण्ठ, गण्डकीको अमरापुरी, लुम्बिनीको हस्पिटललाइन र जीतपुर, कर्णालीको श्रीनगर र दुल्लु र सुदूरपश्चिमको महेन्द्रनगरमा स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा एक हजार सात सय जनाले लाभ लिएका छन् । 

सिटिजन्स बैंक लिमिटेडले हरेक वर्ष वार्षिकत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गर्नुका साथै सामाजिक रुपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ । आगामी दिन पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम गर्ने योजना रहेको जानकारी गराइएको छ ।

टिप्पणीहरू