रिक्त गभर्नर र बैंकहरुको घट्दो नाफाको असर सेयर बजारमा
मुलुकको सेयर बजार आज घटेको छ । आज सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंकले घटेको छ । क वर्गका वाणिज्य बैंकहरुले आज बिहान सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणमा अधिकांशको नाफा तुलनात्मक रुपमा घटेको र केहीको ऋणात्मक देखिएकाले त्यसको असर सेयर बजारमा परेको बताइन्छ ।
नेप्से घटेर आज २७०६ अंकमा कायम भएको छ । बैंकहरुको घट्दो नाफासँगै केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा विलम्ब भएपछि त्यसको असर सेयर बजारमा परेको धेरैको विश्लेषण छ । विशेषगरी बैंक तथा वित्तीय संस्था र जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिँदै आएको थियो ।
आज सार्वजनिक वित्तिय विवरणमा प्राइम बैंक, स्टाण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सिद्धार्थ, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, एनआईसी एसियालगायत बैंकको नाफा उल्लेख्य घटेको छ । बैंकहरुको नाफा अघिल्लो त्रैमासको तुलनामा चैत मसान्तमा कुल १ दशमलब ४० प्रतिशले घटेको देखिन्छ ।
टिप्पणीहरू