पाथीभरा जाँदै गरेको जिप दुर्घटना, घाइतेलाई राजधानी ल्याइँदै

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । सडक छेउमा लत्रिएको बिजुुलीको तारले जिप छुँदा यात्रुहरुलाई करेन्ट लागेको हो । घाइते दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याउन लागिएको छ ।
सदरमुकाम फुङलिङबाट पाथीभरा जाँदै गरेको मे.१ च ३०११ नम्बरको जिपमा आज फुङलिङ नगरपालिका–१० को गुन्द्रे सेवारो चोकमा भएको दुर्घटनामा ललितपुर महानगरपालिका १० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र फुङलिङ नगरपालिका १० का ४२ वर्षीय चालक दुर्गा भट्टराईको ज्यान गएको छ ।
ललितपुरकी ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य घाइते छन् । उनीहरुलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले बताएको छ ।
उक्त जिप बिहान ४ बजेतिर छ जना यात्रु लिएर सदरमुकामबाट पाथिभरा जाँदै थियो ।
टिप्पणीहरू