गभर्नर सिफारिस समितिबाट पूर्व गभर्नरको राजीनामा

गभर्नर सिफारिस समितिबाट पूर्व गभर्नरको राजीनामा

गभर्नर नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समिति सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । पूर्व गभर्नर भट्टराईले समितिको एउटा पनि बैठक नबसेको,गभर्नर नियुक्तिको विवादमा आफूलाईसमेत मुछ्न थालिएकाले राजीनामा दिएको स्रोतले बतायो । 

गभर्नर नियुक्ति विवाद बिचौलियादेखि अदालतसम्म पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिमा भट्टराई र अर्थशास्त्री डा. विश्व पौडेल सदस्य छन् । फागुन तेस्रो साता क्याबिनेटमा छलफल भएको समितिबारे औपचारिक निर्णय चैत दोस्रो साता मात्रै भएको थियो । 

त्यसअघि अहिलेसम्म बैठक नबसेको,गभर्नर नियुक्तिमा काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच बाहिर बाहिरै सहमति भएको,बिचौलियाले उम्मेदवार छानेको लगायत आरोप आउन थालेपछि उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।

टिप्पणीहरू