नयाँ दिल्ली उड्न लागेकी भारतीय महिलाको लगेजमा हजारौं अमेरिकी डलर

काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेकी एउटी महिलाको साथबाट ६० हजार अमेरिकी डलर फेला परेको छ । इण्डिगो एअरलाइन्सको उडानबाट पौने ११ बजे त्यता जान लागेकी सोनी गुरुङलाई ६० हजार अमेरिकी डलरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनको लगेज चेकजाँच गर्ने क्रममा अवैध विदेशी मुद्रा फेला परेको बताइन्छ । पौने ११ बजेको उडानका लागि उनी विमानस्थल ९ बजे पुगेर लगेज चेक गराएकी थिइन् । सोही क्रममा उनको लगेजमा त्यति धेरै अमेरिकी डलर फेला परेको हो ।
नलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रहरी युनिटले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।
टिप्पणीहरू