प्रधानमन्त्री दिनभर विदेशी पाहुनासँग व्यस्त

प्रधानमन्त्री दिनभर विदेशी पाहुनासँग व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन जना विदेशीसँग छुट्टाछुट्टै भेट्दै हुनुहुन्छ । नेपाल भ्रमणमा रहेका युएईका विदेशमन्त्री,भारतीय विद्युतमन्त्री र ब्राजिलका विश्व प्रख्यात फुटबल खेलाडीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्ने कार्यक्रम छ । 

बताइएअनुसार बिहान साढे ११ बजे ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोससँग भेट हुने छ । त्यसपछि दिउँसो १ बजे भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरले प्रधानमन्त्रीसँग सिंहदरबारमा भेट गर्ने कार्यतालिका छ । 

हिजो काठमाडौं आइपुगेका उनी बिहान मुक्तिनाथ दर्शनमा गएका छन् । साँझ पशुपतिनाथको दर्शन गरेपछि आजै राति नयाँ दिल्ली फर्कने छन् । हिजो दिउँसो संखुवासभा पुगेर ऊर्जामन्त्री दिपक खड्कासँगै निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाको स्थलगत अवलोकन गरेका थिए ।

भारतीय विद्युत मन्त्रीसँगको भेटपछि प्रधानमन्त्रीसँग सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा युएईका उपप्रधान एवम् विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल न्हायानले दिउँसो ३ बजे शिष्टाचार भेट गर्दैछन् ।

टिप्पणीहरू