बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डाक्टर बाबुराम भट्टराई भारत जान लाग्नुभएको छ । पार्टी कार्यक्रमका लागि उहाँ पर्सि शुक्रबार दिउँसो मुम्बई उड्ने कार्यक्रम रहेको बताइएको छ ।

बताइएअनुसार भ्रमण टोलीमा पार्टीका उपाध्यक्षसहित चार जना केन्द्रीय नेता पनि रहने छन् । भट्टाराईपत्नी एवं पार्टी नेतृ हिसिला यमी भने सहभागी हुने छैनन् ।

नेसपा भारत शाखाको अधिवेशनका लागि डाक्टरको टोली मुम्बई जान लागेको बताइए पनि भारतमा वैकल्पिक शक्तिको रुपमा उदाएका केही नयाँ पार्टीका नेतृत्वहरुसँग भेटवार्ता गर्ने मुख्य उद्धेश्य रहेको बताइन्छ । टोली चैत १८ गते स्वदेश फर्किने कार्यतालिका छ । 

एक साता गृहजिल्ला गोरखाका विभिन्न कार्यक्रम र घुमघाममा व्यस्त रहनुभएका डाक्टर अस्ति काठमाडौँ फर्किनुभएको हो । गाउँमा उहाँले ट्याक्टर लगाएर बारी जोत्दै गरेको भिडियो समाजिक सञ्जालमा भाइरल छ ।

टिप्पणीहरू