भारतीय प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद

भारतीय प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्नुभएको छ । जम्मु कश्मिर राज्यमा आतंकवादीको हमलाले निम्त्याएको पछिल्लो परिस्थितिप्रति ओलीले मोदीसँग फोनमार्फत् दुःख व्यक्त गर्नुभएको छ । 

नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका ओलीले फोनमा मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारसमक्ष समवेदना प्रकट गर्नुुभएको छ । फोन संवादबारे जानकारी दिँदै उहाँले एक्स (ट्वीटर)मा भन्नुभएको छ, ‘भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग कुरा गरेँ । आतंकवादी आक्रमणमा ज्यान गुमाउनेहरुप्रति समावेदन व्यक्त गरेको छु । र, आतंकवादी गतिविधिविरुद्ध भारतसँग नेपालको तर्फबाट दृढ ऐक्यबद्धता जनाएको छु ।’

हिजो दिउँसो पहलगाममा आतकंवादी समूहले गोली चलाउँदा २६ जनाको निधन भएको थियो । तीमध्ये दुई जना नेपाली नागरिक भएको भनिएकोमा एक जनाको परिचय खुलेको छ । उक्त हमलाको जिम्मेवारी ‘दी रेसिस्टेन्स फ्रन्ट’ नामक समूहले लिएको छ ।

टिप्पणीहरू