एमालेको भोलिको कार्यक्रमबारे आज सविस्तार

एमालेको भोलिको कार्यक्रमबारे आज सविस्तार

काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रमबारे जानकारी दिन नेकपा एमालेले पत्रकार सम्मेलन गरेको छ । 

महासचिव शंकर पोखरेलको विशेष उपस्थितिमा बानेश्वरस्थित अल्फा हाउसको शिव सदन सभा हलमा सम्मेलन गरिएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेलगायत उपस्थित छन् । 

एमालेले लोकतन्त्र दिवसको दिन वैशाख ११ लाई ‘जनताले जितेको दिन’ को उत्सवको रूपमा मनाउँदै छ । सो अवसरमा काठमाडौँमा युवालक्षित विशेष कार्यक्रम गर्न लागेको उसले ‘युवा सेलिब्रेसन’को नाम पनि दिएको छ ।

२०६२/०६३ को जनआन्दोलनपछि वैशाख ११ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई प्रतिनिधिसभा पुनस्र्थापना भएकाले त्यसयता उक्त दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिँदै आएको छ ।

टिप्पणीहरू