एमालेमाथि आक्रमणको कारण खुलाउँदै शंकर

एमालेमाथि आक्रमणको कारण खुलाउँदै शंकर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र हितमा दरिलो ढङ्गले उभिने पार्टी एमालेमात्रै भएको बताएका छन् । आफ्नो पार्टीबाहेक अरुले देश बनाउन नसक्ने उनको ठोकुवा छ । 

लोकतन्त्र दिवसको अवसरमा आज भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै शंकरले युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको र आगामी बजेट युवामैत्री हुने दावी गरे । उनले विदेश गएका युवालाई पनि छिट्टै फर्कन अपिल गरेका छन् ।

‘तपाईंहरू निराशामा होइन,आशाको बाटोमा अग्रसर हुनु पर्दछ’,महासचिव शंकरले भने,‘तपाईंकै काँधमा भविष्य छ,राष्ट्र निर्माणको भविष्य छ ।'

राजनीतिक अस्थिरताले देश बन्न नसकेको जिकिर गर्दै 'बलियो राष्ट्रिय शक्ति' को कुरा उनले आज पनि दोहोर्याए । त्यो अभिभारा नेकपा एमालेले मात्र पूरा गर्नसक्ने र एमाले हुँदासम्म कोही निराश हुनुनपर्ने शंकरको दाबी छ । 

एमाले देश विकासको पक्षमा उभिएको कारण आक्रमण भएको बताएका उनले आफ्नो पार्टी सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेको जिकिर गरे ।
 

टिप्पणीहरू