देउवा दम्पत्ति फर्कँदै, आजै प्रधानमन्त्रीलाई भेट्ने सम्भावना
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कंदै हुनुहुन्छ । पत्नी एंव परराष्ट्रमन्त्री आरजु राणासहित स-परिवार बैशाख ७ थाइल्याण्ड जानुभएका उहाँ दिउँसो स्वदेश फर्किन लाग्नुभएको हो ।
देउवा 'उपचार'को लागि बैंकक पुगेलगत्तै यता सरकार गिर्न लागेको चर्चा हुँदैछ भने राजनीतिक परिस्थिति पनि त्यस्तै देखिन्छ । सत्ता साझेदार दलका सभापति देशबाहिर रहेकै बेला शिक्षामन्त्री र गभर्नर सिफारिस समितिका सदस्यले राजीनामा दिएको अवस्था छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गर्नुभएको छ ।
शिक्षक आन्दोलनको विषयमा सरकारको उदासिनताले पनि राजनीति पेचिलो बन्दै गएको भनिएका बेला सर्वोच्च अदालतले तीन दिनको समय दिएर समस्या समाधान गर्न आदेश दिएको छ ।
यी सबै घटनाको पृष्ठभूमिमा देउवाको स्वदेश फिर्तीले सत्ता-राजनीतिमा अर्थ राख्ने धेरैको बुझाई छ । देउवाले आजै प्रधानमन्त्री ओलीसँग भेट्ने सम्भावना रहेको बताइन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हिजो संसदीय दलको बैठकमा ‘देउवाले थाइल्याण्ड उड्नुअघि फोन गरेको र फर्किएपछि भेट्ने तय गरिएको’ बताउनुभएको थियो ।
टिप्पणीहरू