कांग्रेस सभापति सपरिवार स्वदेश फिर्ता
नेपाली कांग्रेसका सभापति शेरबहाुदर देउवा पाँच दिने थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा, छोराबुहारी जयवीर-शिवानी र पिए भानु देउवासहित आइतबार बैंकक जानुभएका उहाँ केही बेरअघि काठमाडौँ ओर्लनुभएको हो । देउवा परिवार थाई एयरलाइन्सको उडान नम्बर TG319 मा सवा १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।
भ्रमण टोलीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव खुमराज कोइराला, परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकाल, अधिकृत तारा गौतम, कमल रावल र कार्यालय सहायक अनिता सिंह पनि सँगै फर्किएका छन् ।
मुलुकमा राजनीतिक घटनाक्रम तीव्ररुपले फेरबदल भइरहेको सन्दर्भमा देउवाको बैंकक भ्रमणलाई चासोका साथ हेरिएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच भेटवार्ता हुने सम्भावना रहेको जानकार स्रोतले बताएको छ ।
टिप्पणीहरू