पूर्व सेनापतिलाई सक्कल नागरिकतासहित आउन आदेश
पूर्व प्रधानसेनापति प्रभुराम शर्माको नागरिकता नक्कली भन्दै दायर मुद्दामा सक्कल नागरिकता बोकेर अदालतमा उपस्थित हुन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले बिहिबार दिएको आदेशपछि शर्माको नागरिकता सक्कल हो वा नक्कल भनेर छुट्याउनुपर्ने भएको छ ।
अदालतमा मुद्दा दायरकर्ता डिल्लीराम खनाल दुई वर्षअघि फेसबुक पेजमा शर्मा र उनका सम्धी देवकुमार सुवेदीको नागरिकता नक्कली भएको दाबी गर्दै लेखेवापत झण्डै तीन साता प्रहरी हिरासतमा पुगेका थिए । खनालले सामाजिक सञ्जालमा शर्मा र सुवेदीलाई अभद्र शब्दसमेत लेखेका थिए । शर्मा पदमा रहेकाले सैनिक मुख्यालयको उजुरीपछि प्रहरीको साइबर क्राइमले उनलाई पक्रेर २० दिन थुनेको हो ।
प्रहरीले दायर गरेको मुद्दामा बहस भएपछि जिल्ला अदालतले खनाललाई धरौटीमा छुट्न आदेश दियो । सोही मुद्दामा अदालतले शर्मालाई सक्कली नागरिकता लिएर उपस्थित हुन बिहिबार आदेश दिएको हो ।
टिप्पणीहरू