भारतको आक्रोश जलमा,पाकिस्तानको वायुमा
भारतीय राज्य जम्मू–कश्मिरमा भएको पछिल्लो आतंकवादी आक्रमणपछि छिमेकी पाकिस्तानसँगको सम्बन्ध थप तिक्तता र तनावपूर्ण अवस्थामा पुगेको छ । जम्मु–कश्मिरको पहलगाममा भारतीयलगायत एक जना नेपाली र केही विदेशी नागरिकको गोली प्रहारबाट भएको हत्यापछि भारतले सिन्धु नदीको जल प्रवाहमा अवरोध पुर्याउने निर्णय गरिसकेको छ । उता पाकिस्तानले पनि जवाफमा भारतका कुनै पनि कम्पनीका विमानलाई उसको आकाशमाथि उडान प्रतिबन्ध लगाएको छ ।
भारतले उक्त घटनामा पाकिस्तानको हात रहेको आरोप लगाइसकेको छ । तर,पाकिस्तानले जिम्मेवार भएर प्रस्तुत हुन भारतलाई आग्रह गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री मुहम्मद सहबाज शरिफले पाकिस्तान पहलगाम घटनाको तटस्थ,विश्वसनीय अनुसन्धानको लागि सदैव खुला रहेको जनाएका छन् । उनले सिन्धु नदीको जलप्रवाहमा बाधा पुर्याएमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
पाकिस्तान मिलिटरी एकेडेमी क्याडेटहरूको पासिंग आउट परेडलाई सम्बोधन गर्दै सरिफले सिन्धु नदीको पानी पाकिस्तानको अत्यावश्यक राष्ट्रिय हित र आफ्ना २४ करोड जनताको जीवनसँग जोडिएको विषय भएको जनाउँदै यसको सुरक्षित प्रयोगमा कसैसँग सम्झौता नगरिने बताएका छन् । सिन्धु जलसन्धि निलम्बन गर्ने भारतीय घोषणाबारे उनले भने,‘सिन्धु जलसन्धिअन्तर्गत पाकिस्तानमा बग्ने नदीको पानीको प्रवाहलाई रोक्ने, घटाउने र मोड्ने कुनै पनि प्रयासलाई पूर्णशक्तिका साथ जवाफ दिइनेछ । यसबारे कसैले भ्रम नछरे हुन्छ ।’
प्रधानमन्त्री सहबाजले शान्ति पाकिस्तानको प्राथमिकता रहेको दोहोर्याउँदै यसलाई आफ्नो मुलुकको कमजोरीको रूपमा व्याख्या नगर्न घुमाउरो तरिकाले भारतलाई चेतावनी दिएका छन् । उनले मानव जातिको एकतामा विश्वास गर्दै शान्ति र सुरक्षाका लागि विश्व मञ्चमा जिम्मेवार र रचनात्मक भूमिका खेल्ने आफ्नो अटल प्रतिबद्धता रहेको बताए ।
सोध्छन्, ‘आतंकवादविरुद्ध लड्न धेरै त्याग गर्ने पाकिस्तानीभन्दा यो कष्टप्रद पीडा कसले बुझेको छ ? पाकिस्तानभन्दा कुन देशले बढी पीडा भोगेको छ ?’
संयुक्त राष्ट्र संघका धेरै प्रस्तावहरूको बावजुद कश्मिर विवादको विश्वव्यापी रूपमा मान्यताप्राप्त समाधान हुन सकेको छैन । उनले आत्मनिर्णयको अधिकारलाई पाकिस्तानको निरन्तर समर्थन रहेको बताए । पाकिस्तानी प्रधानमन्त्रीले अफगानिस्तान आफ्नो छिमेकी राष्ट्र भएको, दुर्भाग्यवश, अफगान भूभागबाट आतंकवादी गतिविधिहरू जारी रहेकोमा रोष प्रकट गरेका छन् ।
उनले छिमेकी भारतले आफ्ना अल्पसंख्यकहरू विशेष गरी मुस्लिम र शिखहरूमाथिको व्यवस्थित अभियोग वर्षौंदेखि व्यापक बनाउँदै लगेको आरोप लगाए । आफ्ना उत्पीडित अल्पसंख्यकहरूको अधिकार सुरक्षित गर्न अन्तर्राष्ट्रिय दायित्वहरूअन्तर्गत पूर्ण जिम्मेवारी लिन भारतलाई आग्रह गरेका छन् ।
आतंकवादविरुद्ध पाकिस्तान निरन्तर लडेको उनको दावी छ । विश्वको अग्रपंक्ति राज्यको रूपमा पाकिस्तानले ९० हजार मानवीय क्षति र ६०० बिलियन डलर डलरभन्दा बढी आर्थिक क्षति व्यहोरेको सन्दर्भ पनि जोडेका छन् । सोध्छन्, ‘आतंकवादविरुद्ध लड्न धेरै त्याग गर्ने पाकिस्तानीभन्दा यो कष्टप्रद पीडा कसले बुझेको छ ? पाकिस्तानभन्दा कुन देशले बढी पीडा भोगेको छ ?’
टिप्पणीहरू