रिह्याब सेन्टरमा पुरुषको मृत्यु, अवस्था तनावपूर्ण

रिह्याब सेन्टरमा पुरुषको मृत्यु, अवस्था तनावपूर्ण

ललितपुरको लुभुस्थित एक रिह्याब सेन्टरमा  पुरुषको मृत्यु भएको छ । अस्पताल लैजाने क्रममा गएराति एक  पुरुषको मृत्यु भएको हो ।

 पुरुषको मृत्युपछि रिह्याब सेन्टरमा तनावपूर्ण अवस्था बनेको छ । मृतकको परिवारले आन्दोलन शुरु गरेको बुझिएको छ । जिल्ला प्रहरी परिसर,ललितपुरले घटनामाथि अनुसन्धान अगाडि बढाएको छ । 

त्यहाँका एक अधिकृतले जनआस्थासँग भने,‘गएराति एक जनाको मृत्यु भएको छ । अस्पताल लैजाने क्रममा मृत्यु भएको बुझिएको छ । कुटपिटबाट मृत्यु भएको हो कि अन्य केही कारणले ? अनुसन्धान हुँदैछ । मृतक पक्षले रिह्याब सेन्टरबाहिर आन्दोलन शुरु गरेको छ । ३ जना समातिएका छन् ।’
 

टिप्पणीहरू