चीनले लिन नमानेपछि हजारौं मेट्रिक टन अमेरिकी मासुको बेहाल

अमेरिकाले एकतर्फी रुपमा लगाएको उच्च भन्सार दर (पैठारी महशुल) का कारण उसको व्यापार चौपट हुन थालेको छ । यसबाट थोरै निर्यात,धेरै सामान आयात गर्ने अमेरिकी अर्थतन्त्रमा निर्यात हुने सीमित वस्तुमा समेत प्रभाव परेको बताइन्छ ।
चीनले उच्च पैठारी महशुलका कारण अमेरिकाबाट आयात गर्ने भनिएको बंगुरको मासु रोकिएको छ । चीन पठाउन ठिक्क पारिएको १२ हजार मेट्रिक टन पोर्क मिट उतै अलपत्र परेको छ ।
अमेरिकी बंगुरको मासु सबैभन्दा धेरै आयात गर्ने मुलुकमध्ये चीन पनि प्रमुख हो । अमेरिकाबाट हुने भटमास आयात दुई वर्षअघि नै रोकिएको थियो । बोइङ विमान पनि अमेरिकाले विश्वका मुलुकमा निर्यात गर्ने प्रमुख वस्तु हो ।
मेक्सिको र जापानपछि चीन सन् २०२४ मा अमेरिकाबाट सुँगुरको मासु आयात गर्ने तेस्रो ठूलो मुलुक हो । गतवर्ष आयात गरेको मासुुवापत चीनले ४१.१ बिलियनभन्दा बढी अमेरिकी डलर भुक्तानी गरेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आयातित चिनियाँ सामानमा कम्तीमा १४५ प्रतिशत कर लगाएका छन् । अमेरिकाको रवैयापछि चीनले स्पेनसँग सुँगुरको मासु र चेरी आयातका लागि दुईवटा कृषि व्यापार सम्झौता गरेको रोयटर्सले जनाएको छ ।
टिप्पणीहरू