प्रदीप अधिकारी ‘चोर कि सज्जन’ भन्ने पत्तो नपाइएको पूर्वमन्त्रीको खुलासा
नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीप्रति चर्को आक्रोश पोख्दै विगतको भित्री रहस्य खोलेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले विगतमा आफू मन्त्री हुँदा ‘माथि’ को दबाबमा त्यस्ता भ्रष्टलाई महानिर्देशकमा नियुक्त गर्नुपरेको खुलासा गरेका हुन् । प्रतिनिधि सभामा प्रस्तुत नागरिक उड्डयन प्राधिकरण विधेयकमाथिको छलफलमा भाग लिने क्रममा आलेले अधिकारीको नियुक्तिमा गल्ती भएको बताए । भने, ‘अघि अमरेश माननीयले भन्नुभयो,जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो,हो बनाइयो । मेरै पालामा बनेको हो,तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो,साधु हो वा होइन भनेर । थाहा भएन ।’
‘मलाई मेरा आफ्नै मानिसले लुटे । अपरिचित उनीहरूसँग कुनै शक्ति थिएन तर मेरो डुंगा त्यस्तो ठाउँमा डुब्यो जहाँ पानी कम थियो ।’
अमरेशको कुरालाई पुनः पुष्टि गर्दै त्यतिबेला आफूले धेरै पटक जुनियर मान्छेलाई डिजी नबनाउन गरेको आग्रहले काम नलागेको आलेले बताए । हिन्दी उखानमा भने, ‘मलाई मेरा आफ्नै मानिसले लुटे । अपरिचित उनीहरूसँग कुनै शक्ति थिएन तर मेरो डुंगा त्यस्तो ठाउँमा डुब्यो जहाँ पानी कम थियो ।’
सांसद आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको ‘ट्रेलर’ मात्र देखिएको र अब भैरहवा विमानस्थलमा पूरा ‘फिल्म’ आउने बताए । ‘पोखराको त ट्रेलर मात्रै हो,भैरहवामा हेरौँ न, त्यहाँ देखिन्छ पूरा फिल्म’, उनले अगाडि भने, ‘२३ अर्बको जग्गा खरिद गरेर भ्रष्टाचार गरिएको छ । जहाँ हजारौँ भैँसी चरिरहेका छन्,माछा मारिएको छ ।’
उहाँको जागिर कम्तिमा अधिकारी (अहिलेको डिजी) ले बचाइदिएको छ । नत्र,पहिलेका मन्त्रीको नै जागिर खाइदिने डिजी त्यहाँ छ । तीन वटै ठूला नेतालाई खल्तीमा राख्ने डिजी छ । नत्र किन छ जना १२औँ तहको हुँदाहुँदै ११औँ तहको मान्छेलाई डिजी नियुक्त गरियो ?’
यसअघि सोही विधेयकमाथिको छलफलमा भाग लिँदै काँग्रेसको बागी उम्मेदवारबाट सांसद भएका अमरेशकुमार सिंहले राम्रो मान्छेबाट भन्दा हाम्रो मान्छेबाट शासन चलाउने पद्धतिका कारण यस्ता भ्रष्टहरुले अवसर पाएको आरोप लगाएका थिए । उनले भने, ‘मान्य मन्त्री (बद्रि पाण्डे) जी मेरो साथी पनि हो । उहाँलाई हिजो पनि भनेको थिएँ,उहाँको जागिर कम्तिमा अधिकारी (अहिलेको डिजी) ले बचाइदिएको छ । नत्र,पहिलेको मन्त्रीको नै जागिर खाइदिने डिजी त्यहाँ छ । तीन वटै ठूला नेतालाई खल्तीमा राख्ने डिजी छ । नत्र किन छ जना १२औँ तहको हुँदाहुँदै ११औँ तहको मान्छेलाई डिजी नियुक्त गरियो ?’
टिप्पणीहरू