दुई बालिकाको पढाइ खर्च व्यहोर्ने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले कैलालीका दुई बालिकाको अभिभावकत्वको लिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत निन्दु राजी र अनिशा थरुनीको पढाइ खर्च पार्टीले व्यहोर्ने जानकारी दिनुभएको छ । ती दुवै बालिका सहिद परिवारका सन्तात हुन् ।
हुलाकी राजमार्ग केन्द्रीत तराई मधेश–जागरण अभियानको लागि त्यहाँ पुग्नुभएका प्रचण्डले कमजोर आर्थिक अवस्था भएका अन्य बालबालिकालाई पनि शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।
अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुनलगायतले त्यहाँका द्वन्दपीडित परिवारसँग भेटघाट गरेको जनाइएको छ ।
टिप्पणीहरू