बिहान आएका भारतीय नेता दिउँसै किन पुगे गृह मन्त्रालय ?
राजनीतिक भेटघाटका लागि आज बिहान काठमाडौं आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवाले सिंहदरबार पुगेका छन् । बिहान ९ बजे एअर इण्डियाको उडान नम्बर एआई २१३ मा नयाँ दिल्लीबाट आएका उनी सवा २ बजे गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकसँग झण्डै आधा घण्टा वार्तालाप गरेका छन् ।
चौथाइवाले बिहान विमानस्थलबाट नक्साल,नागपोखरीस्थित होटल मेरियट गएका थिए । राजनीतिक भेटघाटका लागि आएका उनले गृहमन्त्रीबाट कुराकानी थालेका हुन् ।
आगामी सोमबार बिहान नयाँ दिल्ली फर्कने उनले यसबीच प्रधानमन्त्री, परराष्ट्रमन्त्री,नेपाली काँग्रेस,एमाले, माओवादी केन्द्र,मधेशवादी दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
टिप्पणीहरू