रेशमलाई समात्न लगाउने शाखा अधिकृत आफै पक्राउ
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर,काठमाडौंले उनलाई एक छिनअगाडि नियन्त्रणमा लिएको हो ।
जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको लागि राजधानीको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पुगेका रेशमलाई आज दिउँसो सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका थिए । पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।
सर्वोच्चबाट भएको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले सम्बन्धित निकायमा पत्राचार गर्नुपर्ने हो ।
रेशम पक्राउ परेपछि सर्वोच्च अदालतको मुद्दा शाखाले प्रहरीलाई पठाएको पत्र सार्वजनिक भयो । सो पत्र आउनासाथ खैलाबैला मच्चियो । सर्वोच्चबाट भएको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले सम्बन्धित निकायमा पत्राचार गर्नुपर्ने हो ।
तर,मुद्दा शाखाले प्रहरीलाई पत्र पठाएपछि त्यहीँ शंका उब्जियो । अदालतमा मुद्दा विचाराधीन हुँदा कहिलेको आदेशले उनलाई पक्राउ गरियो ? भन्ने पत्रमा उल्लेख छैन ।
यसबाट अदालत र प्रहरीकै पनि बिश्वसनीयतामा प्रश्न उब्जिएको छ ।

टिप्पणीहरू