वार्ता जारी, शिक्षकहरुलाई विद्यालय फर्काउने तयारी

वार्ता जारी, शिक्षकहरुलाई विद्यालय फर्काउने तयारी

सरकारी टोली र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच सिंहदरबारमा वार्ता जारी छ । गृहमन्त्री रमेश लेखक, संसदको शिक्षा समितिका सभापति अम्मरबहादुर थापा, उपसमितिका संयोजक छविलाल विश्वकर्मा, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायत सरकारी टोलीमा छन् ।

हिजो साँझको वार्तापछि शिक्षक नेताहरुले मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने केही मस्यौदामा सहमत रहेको प्रतिक्रिया दिएका थिए । आज बाँकी बुँदामा सहमति जुटाएर शिक्षकहरुलाई घर फर्काउने र कक्षा १२ को परीक्षा तोकिएकै समयमा गराउने सरकारको तयारी छ ।

आजै साँझ मन्त्रिपरिषद् बैठक डाकिएको छ । क्याबिनेट बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसँग भएका सहमतिलाई बैठकमा पेश गर्ने एजेण्डा रहेको बताइन्छ ।

टिप्पणीहरू