भारतीय नेता गृह मन्त्रालयबाट निस्केर देउवा निवासतिर

भारतीय नेता गृह मन्त्रालयबाट निस्केर देउवा निवासतिर

आज बिहान काठमाडौं आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग भेट गरेका छन् । उनी केहीबेरअघि देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । 

यसअघि दिउँसो २ बजे उनले सिंहदरवार पसेर गृहमन्त्री रमेश लेखकसँग झण्डै आधा घण्टा वार्तालाप गरेका थिए । उनी बिहान ९ बजे एअर इण्डियाको उडान नम्बर एआई २१३ मा नयाँ दिल्लीबाट आइपुगेका हुन् ।

राजनीतिक भेटघाटका लागि आएका उनले पहिले गृहमन्त्री,दोस्रो भूतपूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाट कुराकानी थालेका हुन् । आगामी सोमबार बिहान नयाँ दिल्ली फर्कनुअघि उनले प्रधानमन्त्रीका साथै एमाले,नेपाली काँग्रेस,माओवादी केन्द्र,मधेशवादी दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

थाइवालेलाई अघिल्लो पटक देउवा प्रधानमन्त्री छँदा बालुवाटारमा आरजूले जनै पूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।

टिप्पणीहरू