पत्नीको जिम्मामा छुटे रेशमलाल
सर्वोच्च अदालतका कर्मचारीको प्रतिशोधपूर्ण निर्णयका कारण थुनामा पुगेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी छुटेका छन् ।
डिल्लीबजार कारागारबाट उनी भर्खरै रिहा भएका हुन् । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा आज दिउँसो समातिएका उनलाई करिब पाँच घण्टापछि पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको कारागार प्रशासनले जनाएको छ ।
चौधरीलाई लिन रञ्जितासँगै बाबु लालवीर चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउत पनि डिल्लीबजार पुगेका थिए ।
टिप्पणीहरू