कान्छारामको ठाउँमा खमबहादुर

कान्छारामको ठाउँमा खमबहादुर

उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा (खम्बीर) नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।

म्याग्दी घर भएका गर्बुजा ०७९ को निर्वाचनमा २४ हजार ०२१ मतसहित निर्वाचित भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेद्वार हरिकृष्ण श्रेष्ठभन्दा झण्डै चार हजार बढी मत ल्याएर सांसद चुनिएका उनी नेपाल पुन मगर समाजका अध्यक्षसमेत 
 हुन् । 

स्मरणीय छ, यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्नुभएको थियो । बर्खास्तीपछि तामाङको टिप्पणी थियो, ‘मैले केपीलाई हजुर बा भनेर माफी माग्न सकिनँ, त्यसैको परिणाम हो ।’

टिप्पणीहरू