सरकारले के ल्याउन लाग्यो नयाँ कार्यक्रम ?
सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पर्सी शुक्रबार सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सभामा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ ।
देशका दुई ठूला पार्टी मिलेर बनेको सरकारले सुशासन प्रवर्धन र अर्थतन्त्र सुधारमा अपेक्षाकृत परिणाम दिन नसकिरहेको सन्दर्भमा नीति तथा कार्यक्रम कस्तो आउला भन्नेमा आमचासो छ । सडकमा व्यवस्थाविरोधी गतिविधि बढिरहेकाले यस पटक केही लोकप्रिय कार्यक्रम घोषणा हुने सम्भावना छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कृषि,शिक्षा,स्वास्थ्य र रोजगारी प्रवर्धनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम आउँदै छ । त्यसमा पनि कृषि र रोजगारी मुख्य प्राथमिकतामा पर्ने बताइएको छ ।
कृषिको आधुनिकीकरण,भूमि बैंकमार्फत बाँझो जमिनको प्रयोगजस्ता महत्वाकांक्षी कार्यक्रम नीति तथा कार्यक्रममा समेटिने छ । त्यस्तै,देशमै रोजगारी सृजना गरी युवा पलायन रोक्न आकर्षक नारासहित लोकप्रिय कार्यक्रम तर्जु गरिँदैछ ।
टिप्पणीहरू