राष्ट्रपति पुग्नुअघि बानेश्वरमा रिहर्सल

राष्ट्रपति पुग्नुअघि बानेश्वरमा रिहर्सल

सरकारले आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । नेपाल सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । 

राष्ट्रपति उपस्थित हुने भएकाले संसद भवन परिसर सिङ्गारपट्टार गरेर चिटिक्क पारिनुका साथै सुरक्षा व्यवस्था अन्य दिनभन्दा कडा बनाइएको छ । बिहान राष्ट्रपतिको सवारीको रिहर्सल पनि गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा एक घण्टा रिहर्सल गरिएको हो ।

 दिउँसो तीन बजे सुरु हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

टिप्पणीहरू