स्याटेलाइट बनाइरहेको दावी गर्दै प्रधानमन्त्रीद्वारा शिक्षकको निन्दा

स्याटेलाइट बनाइरहेको दावी गर्दै प्रधानमन्त्रीद्वारा शिक्षकको निन्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले अब चाँडो आफ्नै स्याटेलाइट प्रयोग गर्न पाउने दाबी गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज एक कार्यक्रममा उहाँले त्यस्तो भनाई आएको हो । 

प्रम ओलीले अहिले स्याटेलाइट निर्माणको काम भइरहेको जानकारीसमेत दिनुभएको छ । अघिल्लो प्रधानमन्त्रीकालमा आफूले नै स्टाटेलाइट निर्माणको प्रक्रिया शुरु गरेकाे उहाँको जिकिर छ ।

‘यसअघि मै प्रधानमन्त्री हुँदा आफ्नै स्याटेलाइट हुनुपर्छ भनेको थिए, नेपाली युवाहरुले सानो भए पनि स्याटेलाइट बनाएका थिए’, ओलीले भन्नुभयो, ‘स्याटेलाइट राख्ने स्पेस नै गायब भएको रहेछ, अहिले त्यो ल्याएका छौ, चाँडै जनताले आफ्नै स्याटेलाइटबाट प्रविधिको उपभोग गर्न पाउनेछन् ।’

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकमाथि आक्रोश पोख्नुभएको छ । नेपाल शिक्षक महासंघको प्रदेश आन्दोलन परिचालन समितिकी संयोजकसमेत रहेकी एक शिक्षिकाले केही दिनअघि प्रधानमन्त्री ओलीविरुद्ध चर्को आक्रोश पोखेकी थिइन्, उक्त भिडियो अहिले समाजिक सञ्जालमा भाइरल समेत छ । 

सोही भिडियो हेरेपछि प्रधानमन्त्री ओलीले पनि प्रतिक्रिया दिनुभएको हो । ‘एक शिक्षिकाले मलाई गाली गरिछन्, बेस्सरी नै गरिन, तर किन गाली गरिन्, थाहा छैन’, उहाँले अघि भन्नुभयो, ‘उहाँलाई कसले सिकायो होला गाली गर्न ? उहाँ फेसबुकमात्र हेनुहुन्छ क्या हो !’

टिप्पणीहरू