वामदेव र माधव सङ्गसङ्गै

वामदेव र माधव सङ्गसङ्गै

नेकपा एमालेमा जान चाहेका तर बेवास्ता गरिएपछि 'अलपत्र' परेका वामपन्थी नेता वामदेव गौतम एकीकृत समाजवादीसँग नजिकिएका छन् । 

संघीय संसदको संयुक्त बैठकमा आज उनी प्रतिपक्षी बेञ्चमा समाजवादीका सांसदहरुसँगै बसेका हुन् । राष्ट्रपतिबाट मनोनित सांसद गौतम एसका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका छन् । 

बैठकमा अहिले राष्ट्रपति रामचन्द्र पौडेलबाट नीति तथा कार्यक्रम वाचन भैरहेको छ ।

टिप्पणीहरू