संविधान संशोधन नीति तथा कार्यक्रममा समावेश
सरकारले संविधानको समीक्षा गर्ने भएको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्दै यसका बिरुद्ध हुने कुनैपनि प्रकृतिका प्रतिगामी, पुनःउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने सरकारको योजना राष्ट्रपतिले संसद बैठकमा सुनाउनुभयो ।
संविधानको सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी, कमजोरी सच्याउँदै सहमतिको आधारमा संशोधन प्रक्रिया अघि बढाइने बताइएको छ । राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने विषय नीति तथा कार्यक्रममा परेको छ ।
टिप्पणीहरू