भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिने

भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिने

सरकारले विगतमा घोषण गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणका क्रममा देखापरेका कमजोरी सुधार्न विकासको ढाँचा, गति र संस्कृति फर्ने बताउनुभएको हो । 

परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२—०८३ मा सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । निर्माणाधिन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक श्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगत गर्ने जनाइएको छ । 

त्रुटीपूर्ण परियोजना खारेज गरिनेछ । विद्यालय शिक्षामा देखिएका चुनौतिहरु समाधान गर्न नीतिगत तथा कानूनी प्रवन्ध गर्ने विषय नीति तथा कार्यक्रममा परेको छ ।
 

टिप्पणीहरू