इ-कमर्श र साइबर सेक्युरिटीमा सरकारको चासो

इ-कमर्श र साइबर सेक्युरिटीमा सरकारको चासो

सरकारले युवाहरुको वैदेशिक पलायन रोक्न प्रविधिकेन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष ०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरुका लागि प्रविधिमैत्री वातावरण तयार गरिने उद्घोष गर्नुभएको हो । 

‘स्टाटअप कर्जा कार्यक्रमको थप अध्ययन गरी कार्यान्वयन गरिनेछ’, उहाँले भन्नुभयो, ‘इकमर्शमार्फत् व्यापारको विकास गरिनेछ, भौतिक सम्पतिको डिजिटल मापन गरिनेछ।’ 

प्रशासनिक कार्यको लागि नागरिकलाई अनलाईन सेवा प्रवाह गरिने सरकारको योजना छ । ‘डिजिटल भुक्तानीलाई व्यवस्थित गरिनेछ’, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले साइबर सेक्युरिटी सुरक्षा प्रणालीलाई पनि प्रविधिको उच्चतम प्रयोग गरेर व्यवस्थित गरिने जानकारी दिनुभयो ।

टिप्पणीहरू