नेप्सेको पुनर्संरचना गरिने, शिक्षक बैंक खोल्ने योजना

नेप्सेको पुनर्संरचना गरिने, शिक्षक बैंक खोल्ने योजना

सरकारले नेपाल स्टेक एक्सचेञ्ज (नेप्से) को पुनःसंरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने योजना सरकारले अघि सारेको हो । 

नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ’, नीति तथा कार्यक्रममा लेखिएको छ । 

यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने भएको छ । शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरिएको छ भने शिक्षक बैंक स्थापना गर्ने नीति सरकारले लिएको छ । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ । 

उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने, शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गर्ने र विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने बताइएको छ । असार १५ भित्र शिक्षा ऐन जारी गर्ने सरकारको प्रतिवद्दता नीति तथा कार्यक्रममा परेको छ ।

टिप्पणीहरू