प्रिन्टरले धोका दिएपछि कक्षा १२ को परीक्षामा ढिलाई

प्रिन्टरले धोका दिएपछि कक्षा १२ को परीक्षामा ढिलाई

पाँचथरको एउटा परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा ढिलो शुरु भएको छ ।  फिदिमस्थित गडी माध्यमिक विद्यालयमा प्रश्नपत्र प्रिन्ट गर्न खोज्दा प्रिन्टरले काम नगरेपछि ढिलाई भएको बताइन्छ । 

परीक्षा नियन्त्रण कार्यालयबाट इमेलमा आएको प्रश्नपत्र केन्द्रमा प्रिन्ट गरेर परीक्षार्थीलाई बाँड्ने गरिएको छ । जिल्लाका १० वटा परीक्षा केन्द्रबाट झण्डै २५ सय विद्यार्थी सहभागी भएका छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको परीक्षामा मुलुकभरबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएको बताइन्छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी छन् ।

मुलुकभर १५ सय ९१ केन्द्र तोकिएको छ । कर्मचारी र सुरक्षाकर्मी गरेर ५० हजार जनशक्ति परिचालन गरिएको छ । कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी र सबैभन्दा बढी काठमाडौंमा ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । जापानबाट ३७ जना नेपाली विद्यार्थी पनि आजदेखि शुरु भएको परीक्षामा सहभागी भएको बताइन्छ ।

शिक्षक आन्दोलनका कारण वैशाख ११ गते तोकिएको परीक्षा आजबाट भएको हो ।

टिप्पणीहरू