प्रधानमन्त्री संसदलाई नसोधी विदेश गएकोमा माधव नेपाल असन्तुष्ट

प्रधानमन्त्री संसदलाई नसोधी विदेश गएकोमा माधव नेपाल असन्तुष्ट

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज आफ्ना धारणा राख्नेक्रममा उहाँले यो विषय गम्भीरताका साथ उठाउनुभएको हो । प्रधानमन्त्री र मन्त्रीहरुले वैदेशिक भ्रमणबारे समितिमा ब्रिफिङ गर्नुपर्नेमा त्यसो नभएको अध्यक्ष नेपालको दु:खेसो छ । 

विश्व समुदायमा भइरहेका कतिपय घटनामा नेपालसमेत जोडिएको उल्लेख गर्दै उहाँले त्यसबारे समितिलाई जानकारी गराउन सभापतिको ध्यानाकर्षण पनि गराउनुभयो । त्यस्तै मन्त्री, प्रधानमन्त्रीले वैदेशिक भ्रमणमा जानुपूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउन माग गर्नुभयो ।

‘मन्त्रीज्यूहरुको वैदेशिक भ्रमणहरु भइरहेको छ । तर, यो समितिमा त्यसबारेमा कुनैपनि जानकारी छैन । यस कुरामा समिति र समिति सभापतिज्यूको ध्यान जानुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले पनि ताकेता गरेनौं होला त्यो आफ्नो ठाउँमा छ । तर जानुभन्दा अगाडि र फर्किसकेपछि बोलाउनु होला र ब्रिफिङ सुनौँलाजस्तो लागिरहेको थियो । अहिले धेरै अन्तर्राष्ट्रिय घटनाहरु घटिरहेका छन् । त्यसमा कतिपय विषयहरु नेपालसँग जोडिएका पनि छन् । यी सबै कुराहरु यो समितिलाई जानकारी हुनुपर्दछ ।’
 

टिप्पणीहरू