कुकुर्नीबाट बल्ल कमला
रुकुम पश्चिमको सिडियो कार्यालयले एक महिलाको नागरिकता प्रमाणपत्रमा रहेको नाम फेरी नयाँ नागरिकताको प्रतिलिपि दिएको छ ।
सानीभेरी गाउँपालिका –३, की कुकुर्नी कामीले पुरानो नाम थर सच्याएर कमला बिटालुको नाममा नागरिकता प्रतिलिपि पाऊँ भनी दिएको निवेदनका आधारमा यसरी सच्याइएको हो । सहायक प्रजिअ विनोद रेग्मीका अनुसार यसअघिको कुकुर्नी नामले आफूलाई हिनताबोध र अपहेलित महसुस भएको हुँदा कमला बिटालु कायम गरिदिन निवेदन पेश गरेकी थिइन् ।
टिप्पणीहरू