माओवादी अब अर्को अभियानमा

माओवादी अब अर्को अभियानमा

हुलाकी राजमार्ग केन्द्रित अढाई महिने जागरण अभियान सकेलगत्तै नेकपा माओवादी केन्द्र अर्को अभियानमा होमिने भएको छ । आज दिउँसो बसेको सो पार्टीको पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

माओवादीले पहिलो चरणको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्षसमेत निकालेको छ । राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले आफ्नो पार्टीको मात्र नभई राष्ट्रकै अभियान बन्न पुगेको ठहर  छ । 

आजको बैठकले अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्दै प्रस्तावसमेत पारित गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार फागुन १२ गते देशकै होचो स्थान झापाको कचनकवलबाट शुरु भएको अभियान वैशाख १७ गते कन्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भएको हो ।

टिप्पणीहरू