पूर्व उपकुलपति पुनः उपकुलपति, रजिष्ट्रारमा आचार्य

पूर्व उपकुलपति पुनः उपकुलपति, रजिष्ट्रारमा आचार्य

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा.अर्जुन कार्की नियुक्त भएका छन् । विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले ‘नेपाल विश्वविद्यालय ऐन, २०८१’ बमोजिम गठित सिफारिस समितिको सिफारिसको आधारमा वरिष्ठ चिकित्सक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति कार्कीलाई उपकुलपतिमा नियुक्त गरेको छ । 

त्यसैगरी, रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा.सूर्यराज आचार्यलाई नियुक्त गरिएको परिषद्का अध्यक्ष ईन्जिनियर लालकृष्ण केसीले बताए । उनका अनुसार पदेन बाहेकका सदस्यमा डा.राममनोहर श्रेष्ठ, डा.शिवा थापा, डा.जगदीश चन्द्र पोखरेल, डा.विपिन अधिकारी, डा.विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, लालकृष्ण केसी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन् । 

नेपालको १४ औं विश्वविद्यालयको रुपमा स्थापना हुन लागेको नेपाल विश्वविद्यालय सन् २०२६ को शरद सत्रदेखि सञ्चालनमा आउनेछ । उक्त विश्वविद्यालयमा विज्ञान, मानविकी, सूचना प्रविधिलगायत विषयमा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

टिप्पणीहरू