अर्थमन्त्री बूढानीलकण्ठदेखि खुमलटारसम्म कुदेको कुद्यै

अर्थमन्त्री बूढानीलकण्ठदेखि खुमलटारसम्म कुदेको कुद्यै

उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेल खुमलटार पुग्नुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री एवम् विपक्षी दलका नेता पुष्पकमल दाहाललाई भेट्न बिहान साढे ७ बजे त्यहाँ पुग्नुभएको हो । 

झण्डै एक घण्टाको कुराकानीपछि उहाँ प्रचण्ड निवासबाट बाहिरिनुभएको छ । अर्थ मन्त्रालय स्रोतले मन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा छलफलका लागि खुमलटार पुग्नुभएको बताएको छ । उहाँ हिजो बिहान सोही प्रयोजनका लागि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाटका लागि बूढानीलकण्ठ पुग्नुभएको थियो । 

हिजो दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच भएको खासखुस र हार्दिकतापूर्वक सम्बन्धलाई लिएर अनेक चर्चा भइरहँदा मन्त्री पौडेलको आज बिहानको खुमलटार भेटघाटलाई राजनीतिक वृत्तमा बजेटका निम्ति सुझाव माग्नमा केन्द्रित रहेको ठानिएको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखको हालैको अप्रत्यासित भेटघाटले पनि नयाँ राजनीतिक तरंग ल्याएको कतिपयको अनुमान छ ।

टिप्पणीहरू