रञ्जिताद्वारा प्रशासनिक मनोमानिको छानबिन माग

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान तथा पार्टी संरक्षक रेशम चौधरीको पक्राउको निष्पक्ष छानबिनका लागि आग्रह गरेकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सरकारसँग वैशाख १७ गतेको उक्त घटनाको छानबिनको माग गरेकी हुन् । 

उनले सरकारमा रहेको पार्टीका नेता एकाएक पक्राउ परेको बारे उनले प्रश्न गरेकी छन् । उनले भनिन्, ‘कसरी राज्यका संयन्त्रहरूले व्यक्तिको रिसिइबीलाई कानुनभन्दा माथि राख्छन् ? त्यसैले उक्त घटनाको गहिरो अध्ययन होस् ।’ उनले उक्त घटनालाई प्रशासनिक मनोमानिको संज्ञा दिएकी छन् । 

त्यसदिन नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता कार्यक्रममा थियो । सोही कार्यक्रममा पुगेका चौधरीलाई सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा प्रहरीले उनलाई पक्रेर डिल्लीबजार कारागार पुर्याएको थियो । 

विष्टको पत्र अनाधिकृत भएको पत्ता लागेपछि साँझ चौधरी कारागारबाट छुटे भने सर्वोच्चका अधिकृतलाई प्रहरीले पक्रेर हिरासतमा राखेको हो ।

टिप्पणीहरू