सरकारलाई सभामुखको रुलिङ

सरकारलाई सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले सांसद्हरूले संसद बैडकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले सरकारलाई जवाफदेही हुन रूलिङ गर्नुभएको हो । 

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान तथा पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिनका लागि आग्रह गरेकी छन् । उनले सरकारसँग वैशाख १७ गतेको उक्त घटनाको छानबिनको माग गरेकी हुन् । 

सरकारमा रहेको पार्टीका नेता एकाएक पक्राउ परेको बारे उनले भनिन्, ‘कसरी राज्यका संयन्त्रहरूले व्यक्तिको रिसिइबीलाई कानुनभन्दा माथि राख्छन् ? त्यसैले उक्त घटनाको गहिरो अध्ययन होस् ।’ उनले उक्त घटनालाई प्रशासनिक मनोमानिको संज्ञा पनि दिएकी छन् ।

टिप्पणीहरू