प्रदिप नेपालको अवस्था अत्यन्त चिन्ताजनक
लामो समयदेखि स्वास्थ्य समस्यासँग जुध्दै आएका नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप नेपाल अन्तिम अवस्थामा पुगेका छन् ।
थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार गरिएका उनको अवस्था चिन्ताजनक रहेको भान्जा सुरेश निरौलाले जानकारी दिए । नेता नेपालको दुखद देहावसान भैसकेको तर,चिकित्सकले औपचारिक घोषणा गर्न बाँकी रहेको बताइएको छ ।
साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।
टिप्पणीहरू