काठमाडौंमा रैथाने कुकुर निःशुल्क, विदेशी महँगो

काठमाडौंमा रैथाने कुकुर निःशुल्क, विदेशी महँगो

काठमाडौं महानगरपालिकाले अबदेखि विदेशी प्रजातिका कुकुर दर्ता गर्दा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । महानगरको ३६ औं नगर सभाबाट पारित आर्थिक ऐन, २०५१ ले स्थानीय कुकुर निःशुल्क र विदेशी प्रजातिको प्रतिकुकुर दर्ता शुल्क दुई हजार रुपैयाँ तोकेको हो ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको ३६ औं नगर सभाबाट अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ को पाना नम्बर ८१ र ८६ अनुसार स्थानीय कुकुरको निःशुल्क र विदेशी प्रजातिको प्रतिकुकुर दुई हजार रुपैयाँ मात्र राजस्व लिई दर्ता गराउने कानूनी व्यवस्था रहेको र सोहीअनुसार गर्न गराउन अनुरोध गरिन्छ ।’

यसअघि गत चैत २० गते महानगरले सूचना प्रकाशित गर्दै माइक्रोचिपिङ गराएर मात्र कुकुर तथा बिरालो पाल्न तथा बिक्री गर्न सुझाएको थियो । महानगरका अनुसार माइक्रोचिपिङ गराएपछि चिकित्सकको पहिचानमा विदेशी प्रजातिको कुकुर रहे–नरहेको पहिचान गरेर सम्बन्धित वडा कार्यालयमा दर्ता गराइनेछ ।
 

टिप्पणीहरू