एमाले युवालाई प्रधानमन्त्रीको पोखरामा सम्बोधन
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले दशौँ महाधिवेशनको तयारी पूरा गरेको छ । संघका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरी केसीले आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने महाधिवेशनको तयारी लगभग पूरा भएको जानकारी दिएका हुन् ।
दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने बताइएको छ ।
महाधिवेशनलाई युवा स्वःरोजगार र श्रम बजारको एजेण्डाकेन्द्रित बनाइने विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘युवाहरुमा बढ्दो निराशा र विदेश पलायनलाई रोक्नुपर्नेछ । उद्यमशीलता, रोजगारी र स्वरोजगारीको सुनिश्चितता गर्नुपर्ने छ । महाधिवेशनले यी यावत विषयमा दिशा निर्देश गर्नेछ ।’


टिप्पणीहरू