राप्रपा नेताहरुसँग पूर्व राजाको फेरि लञ्च मिटिङ

राप्रपा नेताहरुसँग पूर्व राजाको फेरि लञ्च मिटिङ

राजावादी आन्दोलन चर्काइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई नेताले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । 

पार्टी नेता तथा सांसद दीपकबहादुर सिंह र सहमहामन्त्री रविन्द्र प्रताप शाहले आज बिहान भक्तपुरको चाँगुनारायण–६, नगरकोटस्थित सोल्टी वेस्टइन्ड रिसोर्ट पुगेर ज्ञानेन्द्र शाहसँग दर्शन भेट गरेका हुन् । वैशाख १७ गतेदेखि उक्त रिसोर्टमा रहेका पूर्व राजालाई भेट्न उनीहरु बिहान साढे ११ बजे त्यहाँ पुगेका थिए ।

फागुन ७ गते शाहले राजतन्त्रको पक्षमा सक्रिय हुन आह्वान गरेपछि सडकमा ओर्लिएको राप्रपा त्यसयता लगातार आन्दोलनमै छ । नवराज सुवेदी नेतृत्व र दुर्गा प्रसाईं कमाण्डर रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समिति’ ले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसा, तोडफोड र लुटपाटमा परिणत भएपछि बदनाम भएको राजावादी आन्दोलनलाई अघि बढाउनुपर्नेमा राप्रपाको जोड छ । 

यसअघि वैशाख पहिलो साता अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितको राप्रपा टोलीले निर्मल निवास पुगेर पूर्वराजासँग लञ्च मिटिङ गरेका थिए ।

टिप्पणीहरू