‘आँखा दान गरिसकेको छु, अरु अंग चाहिने भए काटेर लानू’
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको सामान्य नागरिकसरह अन्त्येष्टि गरिएको छ । हिजो अपरान्ह निधन भएका उनले मृत्युअघि लेखेको इच्छापत्रबमोजिम त्यसरी अन्त्येष्टि गरिएको हो ।
साहित्यकार, लेखक तथा समीक्षकसमेत रहेका नेपाल मृत्युपछि आफ्नो शवमाथि पार्टीको झण्डा नओढाइयोस्, श्रद्धाञ्जली सभा नगरियोस् र मलामीको भीड नलागोस् भन्ने चाहन्थे । उनले लेखेको इच्छापत्रमा ती कुरा उल्लेख छ ।
कवि तथा लेखक अभय श्रेष्ठले नेपालद्वारा लिखित ‘एक मानु हो चाहिने’ पुस्तकको एक पृष्ठ सार्वजनिक गर्दै आत्मस्वीकृतिबारे जानकारी दिएका छन् । जसमा दिवंगत नेता नेपालले आफ्नो निधनपछि ‘कसैलाई फोन गरेर मलामी नबोलाउनू’ भनेका थिए ।
पार्टी कार्यालय वा नेपाल प्रज्ञा प्रतिष्ठानमा शव प्रदर्शन नगरियोस् भन्ने उनको चाहना थियो । निधनअघि नै उनले आँखा दान गर्ने निर्णय गरिसकेका थिए भने अन्य अंग चाहिएमा काटेर लैजान स्वीकृति दिएका थिए । चाहना थियो, ‘मर्दा स्वतन्त्र भएर मर्न पाऊँ ।’
सञ्जय थापा नामबाट झण्डै तीन दर्जन पुस्तक लेखेका उनै नेपालको आत्मस्वीकृति यस्तो छ :

टिप्पणीहरू