म्यानमारमा अवैध कार्यमा संलग्न दर्जन नेपाली फर्काइए

म्यानमारमा अनलाइन स्क्यामिङ काममा संलग्न एक दर्जन नेपालीको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदूतावासले उनीहरुको उद्धार गरेर नेपाल फिर्ता पठाइएको जनाएको छ ।
थाइल्याण्ड सरकारको सहयोगमा उनीहरुलाई म्यानमारको मेवाडीबाट टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड हुँदै नेपाल पठाइएको हो । दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्दार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याई एक जना महिला र ११ जना पुरुषहरुलाई मिति २०८२ वैशाख २४ गतेका दिन नेपाल फर्काइएको हो ।’
दूतावासले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा सरकारले तोकेबमोजिम श्रम स्वीकृति लिन र कसैको प्रलोभनमा परेर छिटो, धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा वैदेशिक रोजगारीका लागि नआउनसमेत सचेत गराएको छ ।
टिप्पणीहरू